देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेयर बजारमा ९ अंकको गिरावट

देशान्तर

काठमाडौं – साताको तेस्रो कारोबार दिन आज सेयरबजार परिसूचक ९ अंकले घटेको छ। ९.४२ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १ हजार ५६८ अंकमा आएर रोकिएको छ। कारोबार सुरू भएदेखि नै ओरालो लाग्न थालेको नेप्से कारोबार समयसम्म लगातार घटिरह्यो। यस क्रममा आज ६७ लाख ८२ हजार कित्ता सेयर किनबेच भई एक अर्ब ८१ करोड रूपैयाँको कारोबार भएको छ।

परिसूचक झण्डै १० अंकले घटे पनि नेप्सेमा कारोबार भएका १२ मध्ये तीन समूहमा सुधार आएको छ। आज व्यापार १.४९, उत्पादनमुलक १०.८४ र म्युचुअल फण्ड समूह ०.०५ अंकले सुधारिएको हो। यीबाहेक अन्य ९ समूह ओरालो लागेका छन्। घटेका समूहमध्ये निर्जीवन बीमा कम्पनी समूह ४६ अंक र जीवन बीमा कम्पनी समूहको सूचक ३८ अंकले गिरावट आएको छ।