देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्यानकाे साधारणसभा स्थगित

देशान्तर

नेपाल क्रिकेट संघ (क्यान) ले यसै साता गर्ने भनेको साधारणसभा स्थगित गरेको जनाएको छ । असोज ६ गते चितवनमा बसेको क्यान बोर्ड बैठकले संघको वार्षिक साधारणसभा भर्चुअल रूपमा असोज २८ र २९ गते निर्णय गरेको थियो ।

तर चितवनबाट काठमाडौं फर्किएलगत्तै क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुर्‍याल कोभिड–१९ को संक्रमणमा परेका थिए । त्यसयता क्यानको साधारणसभा अन्योल देखिएको थियो । ‘संघका केही पदाधिकारीहरूसँगै केन्द्रीय समितिका सदस्यहरू कोभिड १९ बाट संक्रमित भएका कारण आइसोलेसनमा रहेकाले’ हाललाई उक्त साधारणसभा अर्को सूचना नआएसम्म स्थगित गरिएको क्यानले सोमबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

हाललाई स्थगित भए पनि भविष्यमा हुनसक्ने भनेर क्यानले जिल्ला क्रिकेट संघलाई प्रतिनिधि छनोट गरेर संघमा पठाउन पत्राचार गरेको बताइएको छ ।