देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कविता : प्रकृति

देशान्तर

कविता पराजुली

जन्म लिई आएँ म त
यो तिम्रो संसारमा
हुर्किदै गएँ तिम्रो त्यो
पवित्र काखमा
।।१।।

लालायित मन मेरो
यो धर्तीलाई चुम्न
आँखाभरि तिम्रै तस्बिर
सकिँदैन भुल्न
।।२।।

छहरा र पहरामा
कन्दरामा तिमी
कलकल कैले हुने
कहिले शीतल तिमी
।।३।।

सागरका लहरमा
तरंगित हुने
जुनेली त्यो रातमहा
यो मन मेरो छुने
।।४।।

प्रकृतिलाई यो मनमा
सजाएको मैले
प्रकृतिको काखमा बसी
रमाउने हो कैले
।।५।।