देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

देशान्तर

सुर्खेत – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै सांसदले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । नेकपाका १८ जना सांसदहरुले आइतबार हस्ताक्षर गरेर सांसदहरुको टोली आइतबार दिउँसो नै  प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् ।

अविश्वासको प्रस्ताव दर्ता गराउनेहरुमा पूर्वमन्त्री यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्तीमगर र नेकपाका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलगायत रहेका छन् । प्रस्तावमा शाही नेतृत्वको प्रदेश सरकारले कम गर्न नसकेको भन्दै जनस्तरमा पार्टी र सरकारको उपस्थिति फितलो भएको उल्लेख गरिएको छ । प्रस्तावमा यथासिघ्र प्रदेश सभाको बैठक बोलाएर मार्ग प्रशस्त गर्न र प्रस्तावलाई नियमअनुसार निर्णय गराउन अनुरोध गरिएको छ ।