देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गण्डकी प्रदेशमा कोरोनाबाट हालसम्म ३८ जनाको मृत्यु

देशान्तर

काठमाडौं –  विश्वभर ३ करोड ७१ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । शनिबार बिहान यो समाचार तयार पार्दासम्म ३ करोड ७१ लाख ५  हजार ५४४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ७५ दशमलव १८ प्रतिशत निको भएका छन् । अर्थात् २ करोड ७८ लाख ९६ हजार ८८० जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा २ लाख ५० हजार ५१७ जना संक्रमण मुक्त भएका छन् भने ३ लाख ५८ हजार ४४७ संक्रमित थपिएका छन् । यस्तै एकै दिन थप ५ हजार ८०८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १० लाख ७२ हजार ६८६ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ७८ लाख ९४ हजार पुगेको छ । दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ६९ लाख ७७ हजारमा संक्रमण पुष्टि भएको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५० लाख ५७ हजार पुगेको छ । ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २९ हजार ५४३ जनाको मृत्यु भएको छ । ५८ लाख ३५ हजार ८७२ जना संक्रमित भएकोमा २६ लाख १५ हजार ८३९ जना संक्रमणमुक्त भएका छन् ।