देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टीआरपी बढाएको आरोपमा भारतका पत्रकार अर्नब गोस्वामीमाथि मुद्दा लगाइँदै

देशान्तर

पैसा दिएर टीआरपी (टेलिभिजन रेटिङ प्वाइन्ट्स) बढाएको आरोपमा भारतको रिपब्लिकन टीभीका सञ्चालक एवं कार्यक्रम प्रस्तोता अर्नब गोस्वामीमाथि मुद्दा दायर गरिने भएको छ ।

अर्नब गोस्वामीको रिपब्लिक टीभीले पैसा दिएर टीआरपी बढाएको आरोप लागेको हो । मुम्बई प्रहरीले अर्नबको रिपब्लिक टीभीसहित तीन च्यानलमाथि पैसा दिएर टिआरपी बढाएको जनाएको छ ।

मुम्बई प्रहरीका अनुसार उसले न्यूज च्यानलहरुले पैसा दिएर टीआरपी बढाउने गरेको एउटा यस्तो ¥याकेटको पर्दाफाश गरेको छ ।

मुम्बई प्रहरीका कमिश्नर परमवीर सिंहले बिहीबार पत्रकार सम्मेलन गरी यो ¥याकेटको खुलासा गरेको हो । जसमा पहिलो चरणमा अर्नबको रिपब्लिक टीभीसहित तीन वटा च्यानल रहेको उसले जनाएको छ ।

रिपब्लिकन टीभीले भने यस आरोपको अस्वीकार गरेको छ । च्यानलका सम्पादक अर्नब गोस्वामीले आफ्नो तर्फबाट विज्ञप्ति निकाली मुम्बई प्रहरीले झूठो आरोप लगाएको जनाएका छन् ।

सुशान्त सिंहको मुद्दामा प्रहरीमाथि प्रश्न उठाइएकाले आफ्नो टीभीमाथि प्रहरीले निशाना बनाएको गोस्वामीको तर्क रहेको छ ।

प्रहरी कमिश्नरका अनुसार अरु दुई मराठी च्यानलमाथिका मालिकलाई पनि गिरफ्तार गरिएको छ । यसो हुुनुमा टीआरपीमार्फत् पाइने विज्ञापनको कारण रहेको प्रहरीले जनाएको छ । यसैका कारण करोडौं आम्दानीमा असर पर्ने पनि प्रहरीले उल्लेख गरेको छ ।

२० लाख भारतीय रुपैयाँ वरामद गरिएको प्रहरीले जनाएको छ । नक्कली टीआरपी देखाएर पैसा संकलन गर्नु आपराधिक कार्य भएको पनि प्रहरीले जनाएको छ ।