देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौं उपत्यकामा थपिए १६८४ संक्रमित

देशान्तर

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६८४ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २९६ , ललितपुरमा २९३ र भक्तपुरमा ९५ जनालाई कोरोना संक्रमण देखिएको छ।

उपत्यकामा कोराना संक्रमितको संख्या ३३ हजार ७७१ पुगेको छ। काठमाडौंमा २७ हजार २९३, ललितपुरमा ३ हजार ६९० र भक्तपुरमा २ हजार ७८८ संक्रमित पुगेका छन्। पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४३९ जना संक्रमित भएका छन्।

संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ। संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा १ हजार १२६ छ। योसँगै हालसम्म ६८ हजार ६६८ पुगेको छ। आज देशभर २५ हजार ७ जना सक्रिय संक्रमित छन्।