देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

किर्गिस्तानमा विरोधीद्वारा सत्ता कब्जा

देशान्तर

मध्य एसियाली मुलुक किर्गीस्तानमा सरकार विरोधी प्रदर्शनकारीहरुले सत्ता कब्जा गरेका छन् ।
आइतवार भएको चुनावमा ब्यापक धाँधली भएको आरोप लगाउँदै प्रदशर्नमा उत्रिएकाहरुले संसद भवन र सुरक्षा निकायसहित देशका मुख्य प्रशासनिक निकायलाई नियन्त्रणमा लिएका छन् ।

उनीहरुले जेलमा रहेका विपक्षी नेता सदिर जापारोभलाई रिहा गरेको केही घण्टामै कायम मुकायम प्रधानमन्त्री घोषणा गरेका छन् ।

देशमा विपक्षीहरुको प्रदर्शन चर्किएपछि राष्ट्रपति सुरुनबाई जेन्बेकोभले शक्तिशाली नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न तयार रहेको प्रतिक्रिया दिएका छन् । तर, उनले त्यो शक्तिशाली नेतृत्व को हो भन्नेबारे केही खुलाएका छैनन् ।

प्रदर्शनकारीहरुले आइतवार भएको चुनावको परिणाम नमान्ने बताएपछि निर्वाचन आयोगले नैं उक्त चुनावलाई अमान्य घोषणा गरिसकेको छ ।

चुनावमा भाग लिएका १६ राजनीतिक दलमध्य चार वटाले मात्रै संसदमा प्रवेश पाउन आवश्यक मतको सिमा ‘थ्रेसहोल्ड’ पार गरेका थिए । जसमध्ये तिनवटा पार्टी राष्ट्रपतिसँग निकट रहेको बताइन्छ ।