देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सामसङ ग्यालेक्सी जेड २ को बुकिङ खुला, यस्तो छ अफर

देशान्तर

काठमाडौं । सामसङको फोल्ड फोन ग्यालेक्सी जेड फोल्ड २ को लागि प्रि–बुकिङ खुला भएको छ । सामसङको २ लाख ४९ हजार ९ सय ९९ पर्ने स्मार्टफोन किन्न चाहने फोन पारखीले ५ हजार रुपैयाँ तिरेर फोन बुक गर्न सक्ने भएका हुन् ।

यस स्मार्टफोनमा ग्लास स्क्रिन राखिएको छ जसमा किताब जस्तै फोल्ड गर्न र ह्यान्ड्स फ्री क्यामेरा छ जुन प्रयोगकर्ताले हात वेभ गर्दा सुट हुन्छ । यस स्मार्टफोन प्रि–बुकिङ गर्दा १९ हजार ९ सय ९९ मुल्यको सामसङ ग्यालेक्सी बड्स लाइभ निःशुल्क पाइनुको साथै ग्राहकहरुले १ पटकको लागि १२ महिनाको ब्रेकेज बिमा पनि पाउनेछन् । ग्राहकहरुले ५ हजार प्रि–बुकिङको लागि भुक्तानी गर्नुपर्ने छ र बाँकी ह्यान्डसेट पाएपछि भुक्तानि गर्नुपर्ने छ ।

अघिल्लो समयहरुमा सामसङको फोल्डिङ फोन नेपालमा भित्रिएका थिएनन् । सामसङ मोबाइल फोनको नेपालका लागि आधिकारित वितरक आईएमएस ग्रुपले अपग्रेड भर्सनको साथ नेपाली बजारमा उपलब्ध गराउने जनाएको छ । स्मार्टडोकोबाट प्रि–बुकिङ असोज २८ गते सम्म मात्र खुला गरिएको हो ।