देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हामी विधार्थीलाई वास्तविक जीवनको परीक्षामा पास हुने फर्मुला सिकाउँछौ

देशान्तर

ग्रेन्द्र लामा, अध्यक्ष, मनास्लु वल्र्ड कलेज


मनास्लु वल्र्ड कलेज कस्तो प्रकारको कलेज हो ?

युवा उद्यमीहरुद्वारा स्थापित मनाश्लु टिम अफ इन्टरप्रिनर प्रा।ली। द्वारा सञ्चालित मनास्लु वल्र्ड कलेज बहु–आयामिक शैक्षिक कार्यक्रमहरु लिएर काडमाण्डौको मुटु शैक्षिक हव चाबहिल चुच्चेपाटीस्थित पासाङ ल्हामु शेर्पाको सालिकबाट नजिकै आधुनिक प्रतिस्पर्धी विश्व बजारमा बिक्न सक्ने जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ स्थापना भएको भएको हो ।

शिक्षा क्षेत्रमा लामो समय सम्म अनुभव बटुलेका शिक्षाकर्मी तथा नव उदयमान युवा शैक्षिक उदमिहरु द्वारा सन्चालित हो मनास्लु वर्ल्ड कलेज । मनास्लु वर्ल्ड कलेज देशका बिभिन्न कुना काप्चामा रहेका सबै वर्ग,तह तप्काका विद्यार्थीहरुले अध्ययन गर्न पाउने शैक्षिक सस्था हो । अहिले धेरै शैक्षिक सस्थाहरु सेवामुखी भन्दा नि ब्यापार मुखी भइरहेको र बिशेष त निजी शैक्षिक सस्था माथि जुन आरोप लाग्ने गरेका छन त्यसलाई चिर्नको लागि र नेपालको शैक्षिक जगतमा नयाँ आयाम दिने उदेश्यका साथ स्थापित कलेज हो मनास्लु ।

नवितम प्रविधिको उच्च प्रयोग गरि विद्यार्थीको अव्वल क्षमता निर्माण गर्ने विभिन्न योजना लिएर निर्माण भएको महत्वपूर्ण शैक्षिक गन्तव्य हो यस मनास्लु वल्र्ड कलेज । कलेजमा शिक्षा क्षेत्रमा लामो अनुभव संगालेर अध्यापन गराइरहेका तथा लामो समयदेखि विभिन्न स्कुलरकलेज संचालन गरि आफ्नो क्षेत्रमा ख्याति कमाएका शिक्षासेवीले, जीवनका लागि शिक्षा दिइनु पर्छ भन्ने मान्यताका आधारमा नयाँ प्रकारको सोच र चिन्तन राखेर निर्माण भएको संस्था हो मनाश्लु वल्र्ड कलेज । यस कलेजमा अध्ययन गरेका विद्यार्थीहरु कुनै पनि क्षेत्रको नेतृत्वदायी भूमिकामा रहने गरि पुग्ने किसिमले तयार गर्ने उद्देश्यका स्थापना गरिएको हो

कोरोना कहरको बेलामा पनि तपाईहरुले यसैवर्षदेखि कलेज सुरु गर्नुभएको छ, कार्ययोजना कसरी अगाडि बढीरहेको छ ?


एकदम सही प्रश्न गर्नु भयो । जुन बेला विश्वाब्यापी रुपमा कोरोना को कहरले सबैलाई आक्रान्त बनाइ रहेको थियो, नेपाल त्यसबाट अछुतो रहन सकेन र नेपालमा औपचारिक रुपमा नेपाल सरकारले लकडाउन गर्ने निर्णय गरियो । जब २०७६ चैत्र ११ गते नेपालमा लकडाउन सुरु भए त्यही दिन देखी हामी चाँही कलेज को भवन निर्माण को लागि जग खनिरहेको थियौ र त्यही समय देखी निरन्तर कलेज भवन निर्माणको कार्यमा लागि रह्यो। भनिन्छ रियल आन्टरप्रिनरहरुले हरेक समस्यामा पनि अवसर देख्छन। हो यसलाई प्रमाणित गरिदिएका छन मनास्लु टिम अफ आन्टरप्रिनरका युवा जमातले ।

कोरोनाले गर्दा धेरै मान्छेहरु हात मुख जोड्न पनि गाह्रो भाई रहेको बिसम परिस्थितिमा मरुभुमिमा पनि हरियाली देख्ने सकरात्मक सोच भएका निडर युवाहरुको टिमवर्क तथा साहासिक कार्यको कारनले गर्दा यो अत्यन्त कठिन समयमा पनि आफ्नो कर्ममामा निरन्तर रुपमा लागि पर्यो र सफलता हासिल गरेरै छाड्यो ।

यो बिसम परिस्थितिमा हामीमा पनि समस्या नआएको हैन । धेरै आरोह र अवरोका बिच यो प्रोजेक्ट अगाडि बढेको हो । हामीलाई मान्छेले ए, फलाना त कोरोना, लकडाउनले बौलाएछ , पागल भएछ नभनेका हैनन। तर ति सबै चिजहरुलाई चिर्दै हाम्रो प्रतिबद्द टिम कहिल्यै पछाडि हटेन र आफ्नो काम फत्ते गरेरै छाड्यो । यसको सम्पूर्ण श्रेय सम्म्पूर्ण डेडिकेटेट टिमलाई दिन चाहन्छु ।


यसर्थ हाम्रो अहिले ६०० जना विद्यार्थीहरु अध्ययन गर्न सक्ने अत्याधुनिक भौतिक सुबिधा सम्पन्न १२ कोठे भवनको निर्माण कार्य सम्पन्न भईसकेका छन । यस बर्ष हाम्रो कलेजको ३०० जना विद्यार्थीहरुको टार्गेट रहेकोमा त्यो भन्दा बढी विद्यार्थीहरुको चाप हुन गई धेरै विद्यार्थी र अभिभावक हरुले मनास्लु कलेज अध्ययन गर्ने भनी माग गरिएकोले विद्यार्थी र अभिभावकको माग बमोजिम यही दसैं तिहारको बिचमा सम्पन्न हुने गरी अर्को ९ कोठे भवनको जग खनि अर्को भवन बनाउन सुरुवात गरिसकेका छन ।स्थापना कालको छोटो समयमा नै निकै चर्चा बटुलेका यस कलेजमा करिव ५०(६० वटा स्कुलका स्कुल टपरहरु तथा ३०(४० जना ४ जिपिए होल्डर्हरुको रोजाइ मनास्लु वोर्ल्ड कलेज भएका छन । खेलकुद बिधा अन्तर्गत फुटबलका राष्ट्रिय टोली अन्डर १६ का टिम क्याप्टेन लगायत पुरै सेट , त्यसै गरी बास्केटबल, गायन तथा न्रित्य बिधाका उत्कृष्ट विद्यार्थीहरुको रोजाइ मनास्लु भईरहेका छन ।


तसर्थ यसरी हामीलाई तमाम अभिभावक तथा बिद्यार्थीहरुले जुन किसिमको माया, साथ हौसला प्रदान गरेर सहयोग गरिरहेका छन त्यस प्रती म कलेज परिवारको तर्फबाट हार्दिक आभर ब्यक्त गर्न चाहन्छु ।पहिलो बर्ष नै हामीलाई जसरी विश्वाश गरी साथ दिनु भएको छ त्यस विश्वासलाई मुर्त रुप दिनको लागी केही ठोस कार्ययोजना बनाएका छन । चाहे विद्यार्थीको गुणस्तरीय शिक्षाको लागि होस चाहे चाहे अहिलेको समय सापेक्ष प्रविधी मैत्री शिक्षण सिकाइ प्रकृया अगाडि बढाउनको लागि होस। ति सबै कार्य सम्पन्न गर्नको लागि इमान्दारिताका साथ लाग्नेछु भन्ने पूर्ण विश्वाश दिलाउन चाहन्छु ।


यतिका धेरै कलेजहरु छन्, कलेजहरुको भीडमा मनास्लुको विशेषता के हो ?
गज्जबको प्रश्न , म यही प्रश्नको प्रतिक्षामा थिए। काठमान्डौ लगायत देशै भरी धेरै च्याउसरी कलेजहरु स्थापना भएका छन।आखिर त्यो कलेजहरुको भिडमा किन फेरी मनास्लु वोर्ल्ड कलेज भन्ने तमाम प्रभुत्त ब्यक्तिहरुको जिज्ञासा रहेका छन। हामीले पटक पटक भन्ने गरेका छन हामी कुनै रहर लागेर कलेज चलाऊन थालेका हैनन। यो कलेजको स्थापना ४ , ५ बर्ष रिसर्च गरेर अहिले सम्म स्थापित भएका कलेजहरुले गरेका गल्ती र त्यस बाट पाठ सिक्दै अबको शिक्षा कस्तो हुनुपर्छरु किन कलेज लाइफमा बिद्यार्थीहरु कलेज लेभलमा बेखुसी छन रु के कस्ता बिधिहरु अपनाउन्दा बिद्यार्थीहरु खुशी र आतनिर्भर हुन्छन भनी खोज तथा अनुसन्धान गरी त्यसबाट पाएका निष्कर्शको आधारमा हामी कलेज सन्चालन गर्न गैरहेका छन

मनास्लु वर्ल्ड कलेज किताबको परीक्षामा पास गराएर सर्टिफिकेट मात्र दिने काम गर्दैनौ वास्तविक जीवनको परीक्षामा पास हुने फर्मुला सिकाउछौ ।

तसर्थ यस कलेजका बिशेषताहरु बुदागत रुपमा यस प्रकार रहेका छन।
– आत्मनिर्भर,स्वाबलम्बी र रोजगारमुखी हुने किसिम्को शिक्षा जुन सिप सँग जोडीएका छन त्यसको लागि पाठ्यक्रम बिकास केन्द्रले तोकिएका पाठ्यपुस्तकको अध्यापन सँगै जापानिज,कोरियन तथा चाइनिज भाषाको अध्यापन, वेवसाइड बनाउने, ग्राफिक्स डिजाइन ,फोटोग्राफी , भिडियोग्राफी ,भिडियो इडिटिङ फोटोसप , ब्यक्तित्व बिकासको तालिम , पब्लिक स्पिकिङ तालिम ,उद्घोषणा तालिम ,बेसिक होटेल तालिम लगायत अन्य सिप सँग जोडिएका कृयाकलापहरु गराएर रोजगारमुखी शिक्षा प्रदान गरिने ।

– बाउन्सर हैन काउन्सलर को ब्यवस्था गरिएको
– हरेक कक्षाकोठामा एसी सहितको सुबिधा

  • लामो समय शिक्षा क्षेत्रमा कृयाशिल, उर्जासिल युवा उद्यमिहरुद्वारा संचालित
  • दक्ष, अनुभवी तथा युवा उर्जावान फ्याकल्टि मेम्बेर्स
  • आधुनिक सुविधा सम्पन्न भवन
  • शान्त एवं रमणीय वातावरणमा पठनपाठन हुने
  • प्रविधिमैत्री कक्षा
  • विज्ञान प्रयोगशाला, हाइस्पिड इन्टरनेट सहितको शिक्षा
  • सिपमूलक व्यवहारिक शिक्षा, संस्कारयुक्त शिक्षा
  • विद्यार्थीको चौतर्फि विकासकालागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भ्रमण
  • खेलकुद तथा बौद्धिक प्रतिस्पर्धात्मक कार्यक्रमहरु
  • विभिन्न अन्तर्राष्ट्रिय कलेजहरुसँग सहकार्य गरि शैक्षिक अनुभवको आदान प्रदान गराइने
  • पढाइमा अब्बल, खेलकुद, गायन, नृत्यको साथै अन्य विविध विधामा प्रतिभाशाली विद्यार्र्थीहरुलाई पूर्ण छात्रवृत्ति प्रदान गरिने
  • विद्यार्थीहरुको रुचि अनुसार शिक्षण सिकाइ गरिनुको साथै जुन विद्यार्थीको जे क्षमता रहेको छ त्यहि क्षमतालाई अभिबृद्धि गर्नको लागि कलेजले सहजीकरण गर्ने
    कलेजमा कस्ता शैक्षिक कार्यक्रमहरु सुरु गर्नुभएको छ रु
    यस कलेजमा कक्षा ११ र १२ अन्तर्गत बिज्ञान, ब्यवास्थापन, मानविकी तथा कानुनी सँकाय र ब्याच्लर्समा बिबिएस जस्ता शैक्षिक कार्यक्रमहरु रहेका छन ।
    मनास्लुमा भर्ना हुन के प्रक्रिया अपनाउनुपर्छ ?
    यस कलेजमा भर्ना हुनको लागि सर्वप्रथम मनास्लु वर्ल्ड कलेजको वेबसाइड अथवा फेसबुक पेजमा गई त्यसमा रहेको लिन्कमा क्लिक गरी अनलाइन फर्म भरी भर्ना गरिनुको साथै भौतिक रुपमा कलेजमा उपस्थित भई भर्ना गर्न सकिन्छ ।
    खर्चको हिसावले मनास्लु कस्तो कलेज हो
    मैले सुरुमा नै भनिसकेको छु यो कलेज हुने खाने र हुँदा खाने दुबै वर्गको विद्यार्थीहरुले अध्ययन गर्न पाउने कलेज भएकोले पैसा कै कारणले यस कलेजमा पढ्न नपाउने भन्ने छैनन। तसर्थ यो कलेज सबै समुहका अभिभावकहरुका नानीबाबुहरुको रोजाइ बन्न सक्छन ।
    भावि कार्ययोजना के छ ?
    भावी योजना अन्तर्गत निकट भविस्यमै यस कलेजले ब्याच्लर्स अन्तर्गत बि. ए. (बी. एस. डब्लु ), बि. एस्सी. सि. एस्. आइटी, बि. एच. एम. ,मास्टर्स प्रोग्राम अन्तर्गत एम. ए , एम. बि. एस, एम। फिल ।, सि. टि. भिटी अन्तर्गत बिभिन्न कार्यक्रमहरु ,बिदेशी शैक्षिक सस्था बाट बिभिन्न बिषयका अफिलिएसन ल्याउने कार्यक्रम रहेका छन ।

प्रस्तुति : सचिन दाहाल