देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘प्रदेश पाँचको मुख्यमन्त्री कार्यालय र मन्त्रालयहरु राप्ती प्राविधिक शिक्षालयमा राख्नु पर्छ’

देशान्तर


प्रदेश पाँचको राजधानी दाङको भालुवाङ तोकिएको छ । भालुवाङ १२ प्रदेश पाँचका १२ वटा जिल्लाको मध्यविन्दू भएकाले पनि त्यहाँ तोकिएको हो । तर, अस्थायी राजधानी भएको बुटवलमा भने यसको विरोध भइरहेको छ । भालुवाङ पुरानो बजार हो । उक्त क्षेत्र राप्ती गाउँपालिकामा पर्छ । सोही गाउँ पालिका प्रमुख नुमानन्द सुवेदीले राजधानी बनाउनका लागि भालुवाङ क्षेत्र उपयुक्त भएको बताएका छन् । साथै उनले लालमिटयामा रहेको राप्ती प्राविधिक शिक्षालयको संरचना प्रयोग गर्दा अहिलेलाई मुख्यमन्त्री कार्यालयदेखि विभिन्न मन्त्रालय राख्न सकिने बताए ।
उनै सुवेदीसँग मुक्तिबाबु रेग्मीले गरेकाे यो कुराकानी ।

प्रदेश ५ को राजधानी दाङ प्रस्ताव गरेपछि त्यहाँको अवस्था के छ ?
पाँच नम्बर प्रदेशमा रहेका १२ वटा जिल्लाको केन्द्रविन्दू पर्ने ठाउँको रुपमा भालुवाङ रहेको हुनाले प्रदेश सरकारले ठिक निर्णय गरेको छ । अहिलेसम्म प्रदेश सरकारले प्रस्ताव त गरिसकेको छ । आशा गरौं निर्णय पनि सकारात्मक आउने छ । प्रदेशले राजधानी तोक्यो, यो क्षेत्रमा राजधानी बन्दै गर्दा म गाउँपालिका प्रमुख भएको नाताले मैले आफ्नो हैसियत अनुसार जिम्मेवारी बहन गर्न तयार छु ।

पूर्वाधारको हिसावले सहज छ त ?

पूर्वाधारको हिसावले राप्ति प्राविधिक शिक्षालय छ । त्यहाँ कार्यालयहरु राख्न सकिन्छ । त्यसलाई बेस बनाएर काम गरियो भने मन्त्रालय देखि मन्त्रिको क्वार्टरसम्म सबै धान्ने देखिन्छ । त्यहाँ रहेको प्राविधिक शिक्षालयलाई अनेत्र सिफ्ट भने गर्नुपर्छ । लालमटियामा रहेको आर्दश नमुना माविमा प्राविधिक शिक्षालय सार्नुपर्ने हुन सक्छ ।

नयाँ पूर्वाधार बनाउनका लागि सार्वजनिक जग्गा छ ?
छन्, यहाँ पूर्वाधारका लागि आवश्यक पर्ने प्रशस्त सार्वजनिक जग्गाहरु छन् । यसैगरी अहिले पुलहरु पनि ठाउँ ठाउँमा बनिरहेकाले समस्या पर्दैन ।

भालुबाङ पुरानो बजार भए पनि साँघुरो बजार हो, राप्ती नदी पनि छ अप्ठेरो होला नी ?
त्यस्तो हुँदैन । राप्तीलाई राम्रोसँग तटबन्ध गरेर जानु पर्छ । यसैगरी अस्पतालको अबधारणा तुरुन्तै चाहिन्छ । यसैगरी क्याम्पस र प्राविधिक शिक्षालयलाई स्तरोन्नती गर्नुपर्छ । समथल भूमी छ । देशकै सबैभन्दा धेरै जनसंख्या भएको गाउँपालिका हो । यसलाई नगरपालिका बनाउँ भन्दा पहिला कर बढी पर्छ भनेर गाउँपालिका नै राखिएको हो । सरकारले पूर्वाधार बनाउन केही समय लागे पनि अप्ठेरो भने छैन ।

राजधानी तोकिसकेपछि जग्गाको भाउ बढ्ने कुराहरु हुन्छ ?
त्यसलाई रोक्नका लागि प्रदेश सरकारले यहाँ कित्ता काटको काम रोकि सकेको छ । त्यसै अनुसार हामीले पनि पहल गरिसकेका छौं । व्यवस्थित राजधानी बनाउनका लागि हामी तयार छौं ।