देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भेरी अस्पतालमा उपचाररत २५ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु

देशान्तर

नेपालगन्ज । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित युवतीको मृत्यु भएको छ । अस्पतालको कोरोना विशेष वार्डमा उपचार गराइरहेकी नेपालगन्ज वडा नं ९ बाँकेगाउँकी २५ वर्षीया युवतीको आज मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनीले गत भदौ २९ गते कोरोना परीक्षणका लागि स्वाव दिएकी थिइन् । भदौ ३० गते उनीको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसैदिन उनीलाई भेरी अस्पताल भर्ना गरिएको थियो ।

रेमडिसिभिर र प्लाज्मा थेरापी विधिबाट उपचार गर्दा समेत उनीलाई बचाउन नसकिएको जिल्ला कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए । योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १९ जना पुगेको छ ।