देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज गण्डकी प्रदेशमा १९ जना कोरोना संक्रमित थपिए

देशान्तर

काठमाडौ । आज गण्डकी प्रदेशमा थप १९ जना कोरोना संक्रमित थपिएका छन् ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितहरुमा कास्कीका १६ जना र स्याङजाका ३ जना रहेका छन् ।

नयाँ संक्रमितहरु कास्की जिल्ला, पोखरा महानगरपालिका २९ का ४१ बर्षीय पुरुष, वार्ड नं ३० का २२ बर्षीय पुरुष, वार्ड नं ३ का ४८ बर्षीय पुरुष, वार्ड नं १७ का ४५ बर्षीय पुरुष गरि ४ जना भारतबाट आएका हुन् भने पोखरा महानगरपालिका ३० का ४१ बर्षीय पुरुष आयल निगममा कार्यरत रहेका छन् ।

अन्य सबै संक्रमितहरु कन्ट्रयाक्ट ट्रेसीङबाट पहिचान भएको स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ । गण्डकी प्रदेशमा अहिलेसम्म ३९४० जना संक्रमित भएका छन् भने अहिलेसम्म २७४२ जना निको भएका छन्