देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बलात्कारपछि हत्या गरिएकी सम्झनाको आठ दिनपछि दाहसंस्कार

देशान्तर

बझाङ – बलात्कारपछि हत्या गरिएकी बझाङ मष्टा गाउँपालिका वडा नं. २ खिकलाकी १२ वर्षीया सम्झना कामीको बुधबार आठ दिनपछि दाहसंस्कार गरिएको छ । जिल्ला प्रहरी कार्यालय बझाङले पत्रकार सम्मेलन गरी मष्टा गाउँपालिका २ का २० वर्षका राजेन्द्र बोहोरालाई आरोपितका रुपमा सार्वजनिक गरेपछि जिल्ला अस्पतालमा राखिएको बालिकाको शव सम्झनाका आफ्न्तले आज बुझेका हुन् ।

सम्झनाको शव बुझ्दै उनका आफन्त गोरख कामीले दोषीलाई कारवाही हुन्छ भनेर शव बुझेको र अदालतबाट फैसला नहुँदासम्म सम्झनाको न्यायका लागी संर्घष गरी राख्ने बताए । मंङ्गलबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकमा समेत बालिकाको लास जलाउने सहमति भएको र गृहमन्त्रालयका सचिवले फोन मार्फत बालिकाका आफ्न्तलाइ १० लाख रुपैयाँ दिने बताएको सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले बताए ।