काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९०२ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९७, ललितपुरमा ११२ र भक्तपुरमा ९३ जनालाई कोरोना संक्रमण देखिएको छ।
उपत्यकामा कोराना संक्रमितको संख्या २४ हजार १ सय ६० पुगेको छ। काठमाडौंमा १९ हजार ५७६, ललितपुरमा २ हजार ३५७ र भक्तपुरमा १ हजार १२७ संक्रमित पुगेका छन्।
प्रतिक्रिया