देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यस वर्षको पद्‍मश्री पुरस्कार रद्‍द

देशान्तर

खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले प्रत्येक वर्ष साहित्यिक कृतिका लागि प्रदान गर्दै आएको पद्‍मश्री साधना सम्मान यस वर्षको लागि रद्द गरिएको छ। छानिएका दुई पुस्तकका लेखकले अलगअलग विज्ञप्ति निकालेर पुरस्कार लिन अस्वीकार गरेपछि प्रतिष्ठानको आकस्मिक बसेको बैठकले पुरस्कार रद्द गरेको हो।

यस अगाडि प्रतिष्ठानले वर्ष २०७६ को पद्मश्री पुरस्कार उप्रेती र प्रश्रितलाई दिने घोषणा गरेको थियो। तर उप्रेतीले यौन हिंसाको आरोप लागेका लेखकसँग उभिएर पुरस्कार ग्रहण गर्न नसक्ने भन्दै आपत्ति जनाएका थिए।

उपन्यास ‘हंस’ का लागि पद्मश्री पुरस्कार पाएका लेखक सञ्जीव उप्रेतीले अर्का लेखक तथा राजनीतिज्ञ प्रश्रितसँगै उभिएर पुरस्कार ग्रहण गर्न नसक्ने प्रतिक्रिया दिएका थिए। लेखक उप्रेतीले प्रश्रितमाथि नेत्री शारदा भुसालले यौन हिंसाको आरोप लगाएको प्रसंग कोट्याउँदै उनीसँग पुरस्कार लिन नसक्ने बताएका थिए। 

त्यसपछि साहित्यकार मोदनाथ प्रश्रितले पनि पुरस्कार दिने निर्णय भएको समाचार सार्वजनिक भएसँगै आफ्नो चरित्र हत्या गर्न केही व्यक्ति र समूह लागेको भन्दै उनले पुरस्कार नलिने घोषणा गरेका थिए। 

तत्कालीन नेकपा एमालेको तर्फबाट पूर्वमन्त्री समेत रहेका प्रश्रित मदन पुरस्कार विजेता लेखकसमेत हुन्। जसमाथि केही वर्षअघि भुसालले पुस्तकमार्फत नै यौन हिंसाको आरोप लगाएकी थिइन्।