देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्वास्थ्य मन्त्रालयले भन्यो- ‘पीसीआर टेस्ट् गरेर मात्रै परीक्षामा सहभागी गराउने निर्णय कार्यान्वयन नगर्नू’

देशान्तर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर टेस्ट् गरेर मात्रै परीक्षामा सहभागी गराउने निजी मेडिकल कलेजहरुको निर्णय कार्यान्वयन नगर्न आग्रह गरेको छ ।

नियमित कोरोना ब्रिफिङ्गमार्फत् मन्त्रालयका प्रवक्ता डा. जोगेश्वर गौतमले यसबारे जानकारी दिएका हुन् । ‘यो निर्णयलाई वैज्ञानिक आधारले पुष्टि गर्दैन ।’ उनले भनेका छन् ।

लक्ष्मण भएका, संक्रमितको सम्पर्कमा आएकाहरु, अग्रपङ्तिमा काम गर्नेलगायतका सरकारले तोकेको मापदण्डभन्दा बाहिरको मानिसहरुलाई टेस्ट् गराउनु गलत भएको मन्त्रालयले बताएको छ ।