देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सडक सेवा शुःल्कको विरोध गर्दै राजमार्ग अबरुद्ध

देशान्तर

कञ्चनपुर – सडक सेवा शुःल्कको विरोधमा कृष्णपुर नगरपालिकाका सवारीधनीहरुले आज पूर्व–पश्चिम राजमार्ग अबरुद्ध गरी आन्दोलनमा उत्रिएका छन् । सडकमा सवारी साधन गुडाएवापत नगरपालिकाले कर लिन थालेपछि त्यसबिरुद्ध नेपाली काँग्रेसको अगुवाइमा सवारी धनीहरु आन्दोलनमा उत्रिएका हुन् । सडक अबरुद्ध हुँदा मध्याह्देखि सडकमा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।

नगरपालिकाले सडक सेवा शुल्क कर उठाउनका लागि रु १० लाखमा ठेक्का सम्झौता गरेको छ । नगरपालिकाले दोहरो कर लिन थालेपछि आन्दोलनमा उत्रिनु परेको सवारीधनीहरुको भनाइ रहेको छ । ट्रक, ट्याक्टर, अटोरिक्सा, जीपलगायतका सवारी र ढुवानीका साधनबाट ठेकेदारले रकम असुल्न थालेपछि सवारीधनीहरु आन्दोलनमा उत्रिएका हुन् । ठेकेदारले नगरपालिकाभित्रका सडकमा गुड्ने सवारी र ढुवानीका साधनबाट रु ५० देखि रु १०० सम्म असुल्न थालेपछि सवारीधनीहरुले पूर्व–पश्चिम राजमार्ग अबरुद्ध गर्नुपरेको बताएका छन् ।

नगरपालिकाले सवारी साधनबाट शुल्क असुल्ने नीतिमा परिवर्तन नगरे आन्दोलन जारी रहने व्यवसायी हरिबहादुर गैरालले बताए । उनको संयोजकत्वमा सङ्घर्ष समिति समेत गठन गरिएको जनाइएको छ । गत शुक्रबार समेत सवारीधनीहरुले सवारीका साधन लगेर नगरपालिका कार्यालय घेराउ गरी सडक करको विरोध गरेका थिए ।

नगर प्रमुख कर्णबहादुर हमालले नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरी नगरपालिकाले सडक सेवा शुल्कका लागि ठेक्का सम्झौता गरेको बताए । उनले सडक अबरुद्ध गर्दा सर्वसाधारणले दुःख पाउने हुँदा वार्ताबाटै समस्या समाधान गर्न आह्वान गरे ।