देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मन्त्रिपरिषद बैठक बालुवाटारमा सुरु

देशान्तर

काठमाण्डु – बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बालुवाटारमा नियमित एजेण्डाबारे बैठक बोलाइएको बताए ।

आजको बैठकले एसिड आक्रमण कसुरसम्बन्धी विधेयक पास गर्ने बताइएको छ । बैठकले पारित गरेको उक्त विधेयक राष्ट्रपतिले स्वीकृति गर्नुपर्नेछ ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज मन्त्रिमण्डल पुर्नगठनका विषयमा छलफल भएको थियो ।