देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अन्शनरत डा .केसीको समर्थनमा माइतीघरमा प्रदर्शन गरिरहेका १७ जना पक्राउ

देशान्तर

काठमाडौ । माइतीघर मण्डलाबाट १७ जनालाई प्रहरीले पक्राउ गरेको छ। वरिष्ठ चिकित्सक गोविन्द केसीको समर्थनमा आन्दोलन गर्ने क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

माइतीघर मण्डलाको निषेधित क्षेत्र तोड्न र यातायात अवरुद्ध पार्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। पक्राउ पर्नेमा अभियन्ता पुकारबमसहित छन्। १७ मध्ये १५ पुरुष र एक महिला रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई साँझ ५ बजे छोडिने परिसर प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए।

वरिष्ठ चिकित्सक केसी १२ दिनदेखि सत्याग्रहमा छन्। तर, सरकारले उनीसँग वार्ता गर्नका लागि कुनै पहल गरेको छैन। स्वास्थ्य अवस्था जटिल हुँदै गइरहे पनि केसीसँग संवाद नगरेको भन्दै यसअघि मानवअधिकार आयोगले सरकारलाई ध्यानाकर्षण गराएको थियो। केसीको अनसन लम्बिँदै जाँदा उनको समर्थनमा प्रदर्शन पनि तीव्र भइरहेको छ।

यसपटक ६ बुँदे माग राख्दै केसीले जुम्ला जिल्लामा अनसन थालेका थिए। उनलाई केही दिनअघि काठमाडौं ल्याइएको थियो। उनी अहिले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा अनसनरत् छन्।