काठमाडौ । चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। चितवन मेडिकल कजेलमा उपचाररत हेटौँडा उपमहानगरपालिका वडा ९ का ७४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।
अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार गत भदौ ३ गते श्वासप्रश्वास र निमोनियाको समस्या भई उनी अस्पताल भर्ना भएका थिए। उनको भदौ ९ गते कोरोना पुष्टि भएको थियो। उपचारका क्रममा शुक्रबार राति ती पुरुषको मृत्यु भएको हो। उनको सघनकक्षमा राखी उपचार हुँदाहुँदै आएको थियो
प्रतिक्रिया