देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतमा कोरोना संक्रमितको संख्या ५९ लाख नाघ्यो

देशान्तर

काठमाडौं – भारतमा कोरोना भाइरसबाट संक्रमितको कुल संख्या ५९ लाख एक हजार ५७१ पुगेको छ। वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ ८५ हजार ४६८ नयाँ संक्रमित फेला परेका छन्। त्यस्तै एक हजार ९३ जनाको मृत्यु भएको छ।

भारतमा कोरोना पुष्‍टि भएकाहरूमध्ये अहिलेसम्म ९३ हजार ४१० जनाको मृत्यु भइसकेको छ। ४८ लाख ४६ हजार १६८ जना संक्रमणमुक्त भएका छन्। त्यहाँ अहिले सक्रिय केस ९ लाख ६१ हजार ९९३ छ। तीमध्ये आठ हजार ९४४ जना गम्भीर छन्।