देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज उपत्यकाका यी ५ स्थानमा एक घण्टा विद्युत् बन्द हुने

देशान्तर

काठमाडाैँ – आज (शनिबार) दिउँसाे काठमाडौं उपत्यकाका ५ स्थानमा एक घण्टा विद्युत् बन्द गरिने भएको छ। नेपाल विद्युत प्राधिकरण, लखनखेल वितरण केन्द्रलेले दिएको सूचनाअनुसार ललितपुरका ५ फिडरमा लोड स्थानान्तरण गर्नुपर्ने भएकाले मध्याह्न १२ बजेदेखि दिउँसो १ बजेसम्म उपत्यकाका ५ क्षेत्रमा बिजुली जाने भएको हो।

आज गोदावरी फिडर, हरिसिद्धि फिडर, इमाडोल फिडर, इमाडोल-२ फिडर र लुभु फिडरमा लोड स्थानान्तरण गरिने तयारी रहेकाे नेपाल विद्युत प्राधिकरण लखनखेल वितरण केन्द्रले जनाएकाे छ।प्राधिकरणले यी फिडरहरुको विद्युतीय लोड नयाँ फिडरमा स्थानान्तरण गरिने जनाएको छ । शनिबार लोड स्थानान्तरण गर्दा मौसम प्रतिकूल भएमा अर्को दिन सोही समयमा स्थानान्तरण गरिने प्राधिकरणको भनाइ छ ।

bidyutbi