देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

धानको मूल्य निर्धारण गर्न संघ र प्रदेश सरकारबीच छलफल

देशान्तर

धनुषा – धानको न्युनतम समर्थन मूल्य निर्धारण गर्न संघ र प्रदेश सरकारबीच छलफल भएको छ । जनकपुरमा संघीय कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालको उपस्थितिमा शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धानको न्युनतम मूल्य निर्धारण गर्न छलफल भएको हो ।

सरकारीस्तरबाटै धान खरिद गर्ने गरी योजना निर्माणका लागि प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले १० दिनभित्र विस्तृत प्रस्ताव तयार गरी संघीय मन्त्रालयमा पेस गर्ने निर्णय भएको छ । छलफलमा किसानलाई उचित मूल्य उपलब्ध गराउने ग्यारेन्टीका लागि विभिन्न मोडेलहरु माथि छलफल भएको थियो । छलफलमा मुख्यमन्त्री लालबाबु राउत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेद्र साह, राज्यमन्त्री योगेन्द्र राय यादव, प्रमुख सचिव अर्जुन पोखरेल सहभागी थिए ।