देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गण्डकी प्रदेशमा थप ४१ जना कोराना संक्रमित थपिए

देशान्तर

काठमाडौ । गण्डकी प्रदेशमा थप ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

शुक्रबार क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा थप ४१ जनामा कोरोना संक्रमण भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

निर्देशनाले शुक्रबार मध्यान्ह दिएको जानकारी अनुसार प्रदेशका कास्कीमा १७, गोरखामा १२, नवलपरासी पूर्वमा ९ र लमजुङमा ३ गरी ४१ जना नयाँ संक्रमित थपिएका हुन्।

संक्रमितहरुमध्ये पोखरा महानगरपालिका–१७ का २४ वर्षीय पुरुष भाटभटेनी सुपरमार्केटमा कार्यरत रहेको र पोखरा महानगरपालिका वार्ड नं ३० र २९ का २१ र ४९ बर्षका पुरुष र लमजुङ जिल्ला, राईनासका २१ बर्षीय पुरुष गरि ३ जना भारतबाट आई क्वारेन्टाइनमा बसेका थिए।

त्यस्तै गोरखा भीमसेन–३ का २४ र ३३ वर्षका पुरुषहरु सोही पालिकाका क्रमशः मोटरसाइकल वर्कशप र पुनर्निर्माण परियोजनामा कार्यरत रहेको निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।

अन्य संक्रमितहरु भने कन्ट्याक्ट ट्रेसिङबाट पत्ता लागेका हुन्। संक्रमित सबैलाई आइसोलेसन केन्द्र लैजाने तयारी भइरहेको उनले जनाकारी दिए।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ६४५ पुगेको छ।