देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यूइएफए सुपर कपकाे उपाधि बार्यनले जित्याे

देशान्तर

यूइएफए सुपर कपको उपाधि जर्मन क्लव बार्यन म्युनिखले जितेको छ । यरोपा लिगाको च्याम्पियनका नाताले फाइनल खेलेको स्पेनीस क्लव सेभियालाई अतिरीक्त समयमा दुई एकले हराउँदै बार्यनले सात बर्षपछि यो प्रतियोगिताको उपाधि जितेको छ । अन्तिम पटक सन् २०१३ मा सुपर कपको उपाधि जितेको बार्यन त्यसपछि फाइनल खेल्न सकेको थिएन । यता सेभिया भने पछिल्लो १० बर्षमा चौथो पटक युएफए सुपर कपको फाइनलमा पराजित भएको हो ।

हंगेरीको बुढापेष्टमा भएको फाइनलमा कोरोना भाइरसपछि पहिलो पटक युरोपियन फुटबल महासंघले मैदानमा १५ हजार एक सय ८० जना दर्शकलाई मैदानमा उतारेको थियो । ६७ हजार दर्शक क्षमता रहेको पुस्कास एरिना रंगशालामा बार्यनलाई जित निकाल्न निकै कठिन भएको थियो ।

त्यसोत सेभियाले सुरुवाती गोलको अग्रता जोगाउन सकेन । खेलको १३ औं मिनेटमा सेभियाले खेलमा अग्रता लिएको थियो । बार्यनका डेविड अलावाले इभान राकिटिचलाई डिबक्समा लडाएपछि पाएको पेनाल्टीलाई लुकास ओकाम्पोसले गोलमा परिणत गरेका थिए ।

एक गोलले पछि परेको बार्यनले पहिलो हाफको अन्तिम खेल बराबरी गर्न सफल भयो । रोबर्ट लेवान्दोस्कीको उत्कृष्ट पासमा लियोन गोरेज्काले गोल गर्न सफल भए ।

पहिलो हाफ एक एक गोलको बराबरी भएको खेलको दोस्रो हाफमा दुबै टिमबाट गोल हुन सकेन । तर बार्यनका लेवान्दोस्की र लिरोय सानेले पाएका दुई सुन्दर मौकालाई आत्मसाथ गर्न सकेनन् । यस्तै निर्धारीत समयको अन्तिम तिर सेभियाका सब्सिच्युट खेलाडी युसुफ एन नेसयारीले निकै राम्रो मौका पाएका थिए । तर उनको प्रहारलाई अन्तिम समयमा बार्यनका गोलकिपर मानुयल नुयरले बचाए ।

निर्धारीत ९० मिनेटमा एक एक गोलको बराबरी भएपछि खेल अतिरीक्त समयमा धकेलिएको थियो । जसमा एक सय चार मिनेटमा बार्यनका जोभि मार्टिनेजको हेडरलाई सेभियाका गोलकिपरले बचाउन सकेनन् । जसका कारण बार्यनले इतिहासमा दोस्रो पटक सुपर कपको उपाधि जित्न सफल भयो ।

त्यसो त अन्तिम समयमा सेभियाका इन नेइस्रीले खेल बराबरी गर्ने अवसर पाएपनि सफल भएनन् । यसका साथै बार्यनले यो बर्ष कुुल तीन वटा उपाधि जितेको छ ।