देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेकपा अध्यक्ष ओली र दाहालबिच बालुवाटारमा छलफल

देशान्तर

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षबिच बालुवाटारमा भेटवार्ता भएको छ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबिच बालुवाटारमा भेटवार्ता भएको हो ।

दुई अध्यक्षबीच समसामयिक राजनीतिक विषय, मन्त्रिमण्डल पुनर्गठन र एकताका प्रक्रियालाई टुंगो लगाउने विषयमा छलफल भइरहेको बताइएको छ।

मंगलबार बसेका सचिवालयको बैठकले एकताका बाँकी कामको टुंगो लगाउनेगरी दुई अध्यक्ष र महासचिवलाई १० दिनभित्र ठोस प्रस्ताव ल्याउन निर्देशन दिएको थियो।।

बिहीबार बालुवाटारमा भएको शीर्ष नेताको बैठकमा सोही विषयमा छलफल भएको छ । यस्तै मन्त्रीपरिषद पुनर्गठनबारे पनि छलफल भएको नेताहरुले बताएका छन् ।