देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्याङ्जामा पहिरोले घर भत्काउँदा ९ जनाको मृत्यु , एक जनाको जिविदै उद्धार

देशान्तर

काठमाडौ । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १४ मा पहिरोले घर पुरिँदा एकै परिवारका ८ जनासहित ९ जनाको मृत्यु भएको छ । एक जनाको भने उद्धार गरिएको छ ।

बिहिबार बिहान माया नेपालीको घरमा पहिरो खस्दा उहाँसहित ९ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । प्रहरीका अनुसार पहिरोमा परेर सानु नेपाली, माया नेपाली, मायाका छोराहरु दीपक, कुलदीप र विवश, बुहारी बिनिता तथा नाति शिशिर र पाहुना आएकी उमाकला नेपालीको मृत्यु भएको हो

उनीहरु सबै जनाको शव पुरिएको घरबाट निकालिएको छ । आज बिहान घरमाथिबाट खसेको पहिरोले घर पुरिएको हो । १७ वर्षकी मनिषा नेपालीलाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पोखरा पठाइएको छ । अविरल वर्षाका कारण घरमाथिबाट पहिरो झरेको हो । घाइते १७ वर्षकी मनिषा नेपालीलाई उपचारका लागि पोखरा पठाइएको छ