देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतका केन्द्रीय रेल राज्यमन्त्री अंगडीको कोरोना संक्रमणबाट मृत्यु

देशान्तर

भारतका केन्द्रीय रेल राज्य मन्त्री सुरेश अंगडीको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ । ६५ वर्षका उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचारको क्रममा बुधबार बेलुका निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सेप्टेम्बर ११ मा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई एम्स अस्पताल भर्ना गरिएको थियो । सुरेश अंगडी कर्नाटकको चन्नबसप्पाको बेलगामबाट लोकसभाका लागि निर्वाचित भएका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधनप्रति दुःख व्यक्त गरेका छन् ।