देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साफका सबै उमेर समूहका प्रतियोगिता स्थगन

देशान्तर

दक्षिण एसियाली फुटबल महासंघले सबै उमेर समूहको साफ च्याम्पियनसिप स्थगन गर्ने निर्णय गरेको छ ।

महासंघले बुधबार सूचना प्रकाशित गर्दै आफ्नो मातहतका सबै सदस्य राष्ट्रहरूसित छलफल गरेपछि साफ च्याम्पियनसिपअन्तर्गतका सबै उमेर समूहका प्रतियोगिता स्थगन गर्ने निर्णय गरिएको जनाएको छ । अब सन् २०२० मा तय भएका कनै पनि उमेर समूहका प्रतियोगिता सञ्चालन हुने छैनन् । महासंघले सन् २०२० मा पुरुष यू–१८ र यू–१६ तथा महिलाको यू–१५ प्रतियोगिता आयोजना गर्ने यसअघि तालिका सार्वजनिक गरेको थियो ।

कोरोना भाइरसको महामारीका कारण ती सबै प्रतियोगिता सञ्चालन गर्न नसकिने महासंघले जनाएको छ । महासंघले गत जुन महिनामा सेप्टेम्बरसम्मको अवस्था हेर्ने र त्यसपछि प्रतियोगिताबारे निर्णय गर्ने जनाएको थियो ।

कोरोना महामारीको अवस्थामा खासै केही परिवर्तन नभएको भन्दै महासंघ यस वर्ष तय गरिएका तीनवटै प्रतियोगिता स्थगन गर्ने निर्णयमा पुगेको हो ।