देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आईपीएलमा मुम्बईकाे पहिलाे जित

देशान्तर

 मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो जित निकालेको छ । डिफेन्डिङ च्याम्पियन मुम्बईले बुधबार अबुधाबीको शेख जायेद रंगशालामा कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको छ ।

टस हारेपछि ब्याटिङमा निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ९५ रन बनायो । जवाफमा आएको कोलकाताले ९ विकेट गुमाई १ सय ४६ रनमात्र बनाउन सक्यो ।

जसप्रित बुमराहले आफ्नो पहिलो ३ ओभरमा ५ रनमात्र दिई इयन मोर्गन (१६) र एन्ड्रयु रसेल (११) को विकेट लिएपछि कोलकाता माथि उठ्न सकेन ।

तर आफ्नो चौथो तथा टिमको १८ औं ओभरमा उनले २७ रन खर्चेका थिए । त्यसमा प्याट कुमिन्सले ४ छक्कासहित २६ रन प्रहार गरे । नवौं नम्बरमा ब्याटिङ गरेका उनै कुमिन्सले कोलकाताबाट सर्वाधिक ३३ रन बनाए । उनले १२ बलमात्र खेलेका थिए ।

कप्तान दिनेश कार्तिक ३० र नितिश राना २४ रनमा आउट भए । बुमराहसहित ट्रेन्ट बोल्ट, जेम्स प्याटिन्सन र राहुल चहारले २–२ तथा किइरन पोलार्डले १ विकेट लिए ।

यसअघि कप्तान रोहित शर्माको ८० रनमा मुम्बईले ५ विकेट गुमाई विशाल स्कोर बनाएको थियो । ओपनिङ जोडी क्विन्टन डी ककलाई १ रनमै गुमाए पनि शर्माले सूर्यकुमार यादवसँग दोस्रो विकेटमा ९० रन जोडी मुम्बईलाई बलियो स्थितितर्फ पुर्‍याएका थिए ।

शर्माले ५४ बलको इनिङ्समा ३ चौका र ६ छक्का प्रहार गरे । यादवले २८ बल खेल्दै ६ चौका र १ छक्कासहित ४७ रन बनाए । सौरभ तिवारी २१ र हार्दिक पाण्ड्ये १८ रनमा आउट भए । पोलार्ड ७ बलमा १३ र क्रुनाल पाण्ड्ये १ रनमा अविजित रहे । कोलकाताका शिवम माभीले २ तथा नारिन र रसेलले १–१ विकेट लिए ।