देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पहिरोले गोठ भत्किँदा एक बेपत्ता

देशान्तर

गलकोट – बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–२ भीमापोखरामा गोठ भत्किँदा एक जना बेपत्ता भएका छन् । अविरल वर्षातका कारण गोठमाथिबाट पहिरो खस्दा पालाका टेकबहादुर खातीको गोठ पुरिएको र उनी सम्पर्क विहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए ।

रिजालका अनुसार गोठमा रहेका दुई भैँसी मरेका छन् । घटनास्थलमा उद्धारका लागि अछेते प्रहरीचौकीबाट प्रहरी घटनास्थलमा पुगेको तथा थप उद्धारका लागि प्रहरी निरीक्षक रिजालको नेतृत्वमा प्रहरी घटनास्थलतर्फ लागेको छ ।