देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गौतमको नियुक्तिबिरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुदै

देशान्तर

काठमाडौ । नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा गरिएको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा दायर भएको रिटमा बुधबार सुनुवाइका लागि पेशी तोकिएको छ।

गौतमको पेशी न्यायाधीश आनन्दमोहन भट्टराईको इजलाशमा तोकिएको छ। अधिवक्ताहरु दिनेश त्रिपाठी र बद्रीराज भट्टले दायर गरेको रिटमा सुनुवाइ हुँदैछ। २०७४ सालमा भएको प्रतिनिधि सभाको निर्वाचनमा हारेको व्यक्तिलाई सरकारको सिफारिशमा उपल्लो सदनमा नियुक्ति गरिएपछि त्यसबिरुद्ध रिट दायर गरिएको हो।

निर्वाचनमा हारेको व्यक्तिलाई सरकारको सिफारिशमा उपल्लो सदनमा नियुक्ति गरिएपछि त्यसबिरुद्ध रिट दायर गरिएको हो। २०७४ सालमा भएको प्रतिनिधि सभाको निर्वाचनमा गौतमलाई बर्दिया १ बाट नेपाली कांग्रेसका उम्मेदवार सञ्जय गौतमले हराएका थिए।

राष्ट्रिय सभामा राष्ट्रपतिले सरकारको सिफारिशमा समाजमा विशिष्ट योगदान पुर्‍याएका तीनजना व्यक्तिलाई मनोनित गर्ने प्रावधान अनुसार उनलाई नियुक्ति गरिएको हो।

सो सिटमा सुरुमा मनोनित भएका डा। युवराज खतिवडाको दुई वर्षे कार्यकाल पुरा भएर रिक्त भएपछि गौतमलाई नियुक्त गरिएको हो।