देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आईपीएलमा राजस्थानकाे विजयी शुरुवात

देशान्तर

राजस्थान रोयल्सले जारी इन्डियन प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ । आज भएको खेलमा राजस्थानले चेन्नेई सुपर किंग्सलाई १६ रनले हरायो ।

युएईकाे सारजाह क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १६ रन बनायो ।

राजस्थानका लागि सन्जु सेमसनले विस्फोटक पारि खेले । जम्मा ३२ बल फेस गरेका सन्जुले ९ छक्का र एक चौकाको मद्दतले ७४ रन बनाएका थिए ।

यसैगरी कप्तान स्टेभन स्मिथले पनि ६९ रन बनाए । ४७ बल खेलेको स्मिथले चार चौका र चार छक्का प्रहार गरे ।

अन्तिम ओभरमा जोफ्रा आर्चरले विस्फोटक ब्याटिङ गरेपछि राजस्थानको स्कोर २०० माथि पुगेको हो ।

लुंगि एन्गीडिको अन्तिम ओभरमा राजस्थानले ३० रन जोडेको थियो । आचर्रले चार छक्का प्रहार गरेका थिए । आर्चरले ८ बल फेस गर्दा २७ रन बनाए । चेन्नाईका साम कुरानले तीन विकेट लिए ।

जवाफमा चेन्नेई सुपर किंग्सले २० ओभरमा ६ विकेट गुमाउँदै २०० रन मात्र बनाउन सक्याे । उसले सुरुवात भने बलियो गरेको थियो । पहिलो विकेटका लागि सेन वाटसन र मुरली विजयले ५६ रनको साझेदारी गरेका थिए ।

तर त्यसपछि उसले तीन विकेट सस्तैमा गुमायो । उसका लागि मुरली विजयले २१ रन बनाए भने वाटसनले ३३ रनको योगदान गरे । यस्तै साम कुरानले १७ रन बनाउँद रुतुराज गाइकवाडले खाता खोल्न सकेनन् ।

एक सय १४ रनमा पाँच विकेट गुमाएको चेन्नेईका लागि फाफ डुप्लिसिसले आक्रामक पारी खेलेका थिए । तर टिमलाई जित दिलाउन सकेनन् । उनले ७२ रन बनाए । जसमा एक चौका र सात छक्का हिर्काएका थिए । यस्तै केदार जादवले २२ रन बनाएका थिए भने धाेनीले २९ रन बनाए  ।

बलिङमा राउल तेविताले तीन विकेट लिए ।