देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि

देशान्तर

पोखरा । गण्डकी प्रदेशमा मंगलबार थप ११ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा परिक्षणमा गण्डकी प्रदेशमा मंगलबार थप ११ जनामा कोरोना पुष्टि भएको हो । नयाँ संक्रमितहरुमा लमजुङ ६ जना, तनहुँका ४ जना र बाग्लुङका एक जना रहेका छन् ।

बाग्लुङ जिल्ला, बरेङका १९ बर्षीय पुरुष, लमजुङ जिल्ला बेसीसहर-९ का २८ बर्षीय पुरुष, ४ का ३० बर्षीय पुरुष र तनहुँका चारैजना गरि ७ जना पुरुषहरु भारतबाट आई क्वारेन्टाइनमा बसेका छन् । त्यस्तै लमजुङ जिल्ला, बेसीसहर-८ का २६ बर्षीय महिला र २२ बर्षीय पुरुष सनराईज बैंकमा कार्यरत छन् ।

अन्य संक्रमितहरु कन्ट्रयाक्ट ट्रेसीङबाट पहिचान भएको स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ । गण्डकी प्रदेशमा अहिलेसम्म ३४९३ जना संक्रमित भएका छन् भने अहिलेसम्म २२२९ जना निको भएका छन् । त्यस्तै प्रदेशमा निको हुने दर ६३।८१ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।