देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

६ महिनापछि आजबाट आन्तरिक उडान शुरु

देशान्तर

 कोरोना भाइरसकाे महामारीका कारण बन्द भएको छ महिनापछि आजबाट देशभरका विमानस्थलमा आन्तरिक उडान सुरु भएको छ । सरकारले ११ चैतदेखि बन्द गरेको आन्तरिक उडान सरकारको निर्णय अनुसार आजवाट खुलेका हुन् ।

नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार आज ३८ देखि ४० वडा उडान हुनेगरी अनुमति दिइएको जनाएको छ । स्वास्थ्यका सबै मापदण्ड कडाइका साथ पालना होस् भनेर सामान्य अवस्थामा दैनिक रूपमा हुँदै आएका उडानको २५ प्रतिशत मात्र विमान सञ्चालनमा आउनेगरी अनुमति दिइएको प्राधिकरणले जनाएको छ ।

विमानस्थलमा एकपटकमा बढीमा ३ वटा उडानका यात्रुहरुलाई मात्र लैजाने गरी प्रवन्ध मिलाइएको छ । स्वास्थ्य मापदण्ड पुरा गर्न विमानस्थलमा भने सामान्य अवस्थामा भन्दा एकघन्टा अघि नै यात्रुहरु जानुपर्ने ब्यवस्था गरिएको छ ।

विमानस्थलभित्र कम्तीमा १ मिटरको भौतिक दूरी कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । इ–टिकेटबाट मात्रै चेकइन हुनेछ । सबै यात्रुका लागि विमानस्थलमा दोहोरो तापक्रम चेकजाँच र स्यानिटाइजरको व्यवस्था गरिएको छ ।

सबै चल्तीका विमानस्थलहरू खुला गरिएको भए पनि विमान सेवाहरूले आफूले पाएको उडान कोटाको अनुपातमा त्यो कुन रूटमा कतिवटा उडान सञ्चालन गर्ने भन्ने निर्णय गर्नसक्ने ब्यवस्था प्राधिकरणले गरेको छ ।