देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आईपीएलमा चेन्नाइकाे विजयी शुरुवात

देशान्तर

१३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सले विजयी सुरुवात गरेको छ ।गएराति युएईको आबुधाबीमा भएको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नईले विजयी सुरुवात गरेको हो ।

शेख जायद स्टेडियममा मुम्बईले दिएको १ सय ६३ रनको लक्ष्य चेन्नईले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्यो  । चेन्नईको जितमा अम्बाती रायाडुले ७१ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै फाप डु प्लेसिसले अविजित रहँदै ५५ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । जितसँगै चेन्नईले मुम्बईसँग १२ औं संस्करणको फाइनलमा व्यहोरेको हारको बदला लिएको छ । गएको वर्षको फाइनलमा मुम्बईले चेन्नईलाई १ रनले हराएको थियो । यस्तै कप्तान धोनीले आफ्नो कप्तानीमा चेन्नईका लागि एक सय औं जित पूरा गरेका छन् ।