देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ललितपुरमा ४ जना कोरोना सङ्क्रमितको मृत्यु

देशान्तर

काठमाण्डौ – ललितपुरको पाटन र मेघा अस्पतालमा उपचार गराइरहेका ४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

ललितपुरकी ६८ र ७६ वर्षीया दुई महिला र सर्लाहीका ६० वर्षीय एक पुरुषको पाटन अस्पतालमा हिजो बेलुकी तथा भक्तपुरकी ९० वर्षीया महिलाको मेघा अस्पतालमा आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ सय ९४ पुगेको छ । अहिलेसम्म ८ लाख ९४ हजारको पीसीआर परीक्षण हुँदा ६१ हजार ५ सय ९३ जनामा कोरोना पुष्टि भएको छ ।

जसमध्ये ४३ हजार ८ सय २० जना निको भएका छन् भने १७ हजार ३ सय ८३ जना आइसोलेशनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।