देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उद्योग वाणिज्य महासंघको चुनाव मंसिर ११ र १२ गते

देशान्तर

नेपाल उद्योग बाणिज्य महासंघको चुनाव मंसिर ११ र १२ गतेका लागि प्रस्ताव गरिएको छ । अध्यक्ष भवानी राणाको अध्यक्षतामा शुक्रबार बसेको पदाधिकारी वैठकले महासंघको आगामी निर्वाचन मंसिरमा गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव कार्यसमितिमा पेश हुने छ ।

कार्यसमितिले अनुमोदन गरेमा मंसिरमा काठमाडौंमा चुनाव हुने उद्योग वाणिज्य महासंघ प्रदेश १ का संयोजक नरेन्द्र खड्काले जानकारी दिए ।

गत चैतमै हुनुपर्ने महासंघको निर्वाचन कोरोना भाइरसको महामारीका कारण स्थगित भएको थियो । त्यसपछि साउनमा तय गरिए पनि अन्तिम समयमा स्थगित भएको चुनावको मिति तय गर्नका लागि शुक्रबार बैठक बसेको थियो ।

उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकाल स्वतः अध्यक्ष हुने भएकाले वरिष्ठ उपाध्यक्षको नेतृत्वमा चुनाव हुने छ । त्यसका लागि अहिलेसम्म दुई वटा प्यानल पनि देखि सकेका छन् । वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधानको नेतृत्वमा प्यान बनिसकेको छ । यसअघि नै चुनावको अन्तिम तयारी भएकाले दुवै प्यानलको घोषणा भइसकेको छ ।

अहिले कार्यसमितमा वरिष्ठ उपाध्यक्ष रहेका शेखर गाेल्छा आगामी कार्यकालमा स्वत: अध्यक्ष हुने छन् ।


चन्द्र ढकालको प्यालनबाट जिल्ला तथा नगर तर्फको उपापध्यक्षमा गुणनीधि तिवारी, वस्तुगत तर्पवको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसियट तर्फबाट रामचन्द्र सांघाई रहेका छन् ।
यस्तै, किशोर प्रधान समुहबाट जिल्ला नगरको उपाध्यक्षमा दिनेश श्रेष्ठ रहेका छन् । यस्तै एशोसियटमा सौरभ ज्योति र वस्तुगतको उपाध्यक्षमा अन्जन श्रेष्ठले उम्मेद्वारी घोषणा गरेका छन् ।