देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारी कर्मचारी अफिस जानै पर्ने

देशान्तर

कोभिड–१९ को बढ्दो संक्रमणसँगै घरबाटै काम गर्दै आइरहेका सबै सरकारी कर्मचारीले अब अनिवार्य रूपमा कार्यालयमा नै गएर सेवाप्रवाह दिनुपर्ने भएको छ । बन्द रहँदै आएका केही सरकारी सेवा बिहीबारदेखि नै सुचारु भएका छन् ।

सरकारले सबै सरकारी सेवा बिहीबारदेखि नै सुचारु गर्ने निर्णय गरे पनि कतिपय सरकारी कार्यालयले भने बन्द रहेका सेवाहरू बिहीबार सुचारु गरेनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारको निर्णयका बारेमा सबै सरकारी कार्यालयलाई सर्कुलर गर्न नसक्दा सबै सरकारी कार्यालय एकैपटक सुचारु हुन नसकेका हुन् ।

सरकारले पटक पटक लगाएको निषेधाज्ञा र लकडाउनका कारण देशभरका सरकारी कार्यालयका झन्डै ८० प्रतिशत कर्मचारीहरूले घरबाटै काम गर्दै आइरहेका थिए । घरबाटै काम गर्ने नीति बनाए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन । जसका कारण सर्वसाधारण केही महिनादेखि सरकारी सेवाबाट विमुख हुँदै आएका थिए ।

सरकारले सेवा सञ्चालन गर्ने निर्णय गरे पनि जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, यातायात कार्यालय, खानेपानी कार्यालय तथा विभिन्न स्थानीय तहले बन्द रहेका सबै सेवाहरू सुचारु गर्न सकेका छैनन् । राजधानी दैनिकमा खबर छ।