देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अस्ट्रेलियालाई एक दिवसीय सिरिज

देशान्तर

इंग्ल्याण्डविरुद्धको एक दिवसीय सिरिज अस्ट्रेलियाले जितेको छ । गएराति भएको अन्तिम एक दिवसीयमा इंग्ल्याण्डलाई ३ विकेटले पराजित गर्दै पाहुना टोली अस्ट्रेलियाले २–१ ले सिरिज जितेको हो । योसँगै अस्ट्रेलियाले टी २० सिरिज गुमाएको पीडा विर्सिएको छ ।

इंग्ल्याण्डले दिएको ३ सय ३ रनको लक्ष्य अस्ट्रेलियाले अन्तिम ओभरमा २ बल बाँकी छँदा ७ विकेट गुमाएर पुरा गरेको थियो ।

अस्ट्रेलियाको जीतमा एलेक्स केरी र ग्लेन म्याक्सवेल दुवै जनाले शतकीय पारी खेले । केरीले १०६ रन जोड्दा म्याक्सवेलले १०८ रनको योगदान गरे । केरीको पहिलो एक दिवसीय शतक पनि हो । ७३ रन बनाउँदा ५ विकेट गुमाएको अस्ट्रेलियालाई केरी र म्याक्सवेले २१२ रनको साझेदारी गर्दै जित दिलाउन मद्दत गरेका थिए ।

इंग्ल्याण्डका जोय रुट र क्रिस वार्कसले समान दुई दुई विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २ रन बनाएको थियो ।

इंग्ल्यान्डका ओपनर जोनी बेयरस्टोले शतकीय पारी खेलेका थिए । उनले १ सय १२ रन बनाए ।
अस्ट्रेलियाका मिचेल स्टार्स र एडम जाम्पाले तीन तीन विकेट लिए ।