देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

४८ रुपैयाँमा किनेको प्याज १२० मा बेच्ने चार व्यापारी पक्राउ

देशान्तर

काठमाडौं । भारतले प्याज आयातमा प्रतिबन्ध लगाएपछि नेपालमा पनि व्यापारीले प्याजको मूल्य बढाएका छन्। प्रतिकिलो ४८ देखि ५० रुपैयाँमा बिक्री भइरहेको प्याजको मूल्य भारतको प्रतिबन्धपछि १ सय २० रुपैयाँसम्म पुगेको छ।

प्याजको मुल्य खुद्रा व्यापारीले मात्रै बढाएका छैनन् थोक विक्रेताले समेत चर्को मूल्य असुलिरहेका छन्। कालिमाटी फलफुल तथा तरकारी बजारकै मूल्य सुचीमा प्याजको मूल्य न्युनतम ११८, अधिकतम १२० र औसत ११९ रुपैयाँ तोकिएको छ।

प्याजको भाउ अकासिएको गुनासो आएपछि उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट बजार अनुगमनका लागि बल्खु र कालिमाटी तरकारी बजार गएका थिए। अनुगमनमा व्यापारीले प्याजमा कालोबजारी गरेको प्रमाणित भएपछि महानगरीय प्रहरी वृत कालिमाटीले चारजना व्यापारीलाई पक्राउ गरेको छ।

प्रहरीले ४८ रुपैयाँमा किनेको प्याज १२० मा बेच्ने दुई जना बल्खु तरकारी बजारबाट र दुई जनालाई कालिमाटी फलफूल तथा तरकारी बजारबाट पक्राउ गरेको हो। अनुगमनका क्रममा प्रतिकिलो ४८ रुपैयाँमा खरिद गरेको प्याज १ सय २० मा बेचेको पाइएपछि चारजनालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत कालिमाटीका पप्रमुख डिएसपी अपिल बोहराले जानकारी दिए।

‘प्रतिकिलो ४८ रुपैयाँमा खरिद गरेको प्याज १ सय २० मा बेचेको पाइएपछि उनीहरुलाई पक्राउ गरेका हौं, उनीहरुलाई कालोबजारी अन्तर्गतको मुद्दा चलाउँछौं’ उनले भने। डिएसपी बोहराका अनुसार २ सय १९ बोरा प्याज सिल गरिएको छ।