देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चन्द्रागिरी केबलकार बिहीबारदेखि सञ्चालनमा आउने

देशान्तर

काठमाडौं । सरकारले लकडाउन घोषणा गरेपछि बन्द अवस्थामा रहेको चन्द्रागिरी केबलकार बिहीबारदेखि सञ्चालनमा आउने भएको छ ।

चन्द्रागिरी हिल्सले भाद्र २९ गते बसेको मन्त्रिपरिषदको निर्णयलाई टेकेर केबलकार सञ्चालन गर्न लागेको हो । केबलकार र रिसोर्टलाई करिब ५० प्रतिशत कम मान्छे जम्मा हुने गरी सञ्चालनमा ल्याउन लागिएको बताइएको छ ।

यसअघि एउटा केबलकारमा ८ जना यात्रा गराइने गरिएकोमा अब चारजनाभन्दा बढी यात्रु एउटा केबलकारमा चढ्न दिइने छैन । नेपाल सरकारले तोकेको र विश्व स्वास्थ्य संगठनले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर केबलकार र रिसोर्ट सञ्चालन गर्ने तयारी रहेको व्यवस्थापन पक्षले जानकारी गराएको छ ।