देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डिजेल र मटितेलको मूल्य १ रुपैयाँले घट्यो, पेट्रोलको यथावत

देशान्तर

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मटितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ । इन्डियन आयल कर्पोरेशनले १६ सेप्टेम्बर (भदौ ३१) मा पठाएको मूल्यअनुसार डिजेल र मटितेलको मूल्य घटाइएको हो ।

निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार नयाँ मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेछ । नयाँ मुल्य अनुसार डिजेल र मटितेलको प्रतिलिटर मूल्य ९०/९० रुपैयाँ कायम गरिएको छ । निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको जनाएको छ ।

अहिले पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ रहेको छ । निगमले मुल्य समायोजन भएपछि पनि भारतीय सीमा रक्सौलसम्म जोडिएको नेपालको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर रु. २९.४४ र डिजेल प्रति लिटर रु. ३६.३८ ले नेपालतर्फ सस्तो रहेको जानकारी दिएको छ ।