देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मृत्यु भइसकेका व्यक्तिको कोरोना परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

देशान्तर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु भइसकेका व्यक्तिहरुको नमुना झिकेर कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्न निर्देशन दिएका हुन् ।

‘मृत्यु भएका व्यक्तिहरुको नमुना झिकेर कोरोना परीक्षण गरेको सूचना आएको छ ,तर अब त्यस्तो नगर्न निर्देशन छ’, आज बुधबारको कोरोना ब्रिफिङ कार्यक्रममा उनले भने, ‘कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका व्यक्तिको मृत्यु भएर शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाउनुपर्ने र सम्पर्कमा आएकाहरु १४ दिन क्वारेन्टिनमा बस्नु पर्नेछ ।’

उनका अनुसार इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले उक्त निर्णय गरेको हो । शव व्यवस्थापनसम्बन्धी निर्देशिका परिमार्जन गर्दै लैजाने उनले जानकारी दिएका छन् । सरकारले मृत्यु भइसककोहरुको पीसीआर टेष्ट नगर्ने निर्णय गरेको छ ।