देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

योशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री बने

देशान्तर

काठमाडौ . योशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री बनेका छन् । संसदमा बुधबार भएको चुनावमा सुगा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

यसअघि जापानको सत्तारुढ पार्टीले योशिहिदेलाई नयाँ नेता बनाउने निर्णय गरेसँगै उनी प्रधानमन्त्री बन्ने पक्का भएको थियो ।

गएको महिना शिन्जो आबेले स्वास्थ्यका कारण प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । ७१ वर्षका योशिहिदे यसअघिको मन्त्रीपरिषदमा मन्त्रीपरिषद सचिवको भूमिकामा थिए ।

उनी आबेका नजिकका सहयोगी हुन् । उनले प्रधानमन्त्रीका रुपमा आबेका नीतिहरु अघि बढाउने सम्भावना रहेको जनाइएको छ ।

सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी ( एलडीपी ) को बहुमत रहेको तल्लो सदनमा ४६२ मध्ये ३१४ मत सुगाले पाएका हुन् ।