देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यूएई र बहराइनसँग इजरायलकाे ऐतिहासिक सम्झौतामा हस्ताक्षर

देशान्तर

 इजरायलले यूएई र बहराइनसँग ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेको छ । इजरायलको सम्बन्ध पूर्ण रूपमा सामान्य बनाउन दुई खाडी मुलुकले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षरकर्ता तीनवटै देशले सहमतिलाई ऐतिहासिक भनेका छन । इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले सम्झौतालाई इतिहासको एउटा निर्णायक दिन भनेका छन् ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पनि सम्झौतालाई नयाँ मध्यपूर्वको मिरमिरे बिहानी भन्दै प्रशंसा गरेका छन् । सम्झौतका लागि ट्रम्प प्रशासनले मध्यस्तता गरेको थियो ।

सन् १९४८ मा स्थापना भएयता इजरायललाई मान्यता दिने यूएई तथा बहराइन तेस्रो र चौथो अरब मुलुक बनेका छन । यसलाई अरु देशले पछि पछ्याउने अनुमान गरिएको छ ।

यसअघि यूएई र बहराइनले इजरायललाई औपचारिक रूपमा मान्यता दिएका थिए । प्यालेस्टाइनसँगको विवाद अन्त्य गरेपछि मात्रै मान्यता दिने भन्दै दशकौँदेखि अधिकांश अरब राष्ट्रहरूले इजरायललाई बहिष्कार गर्दै आएका थिए ।

प्यालेस्टिनीहरुले भने आफुसँगको द्वन्द्व समाधान नभएसम्म सम्झौता नगर्न अन्य मुलुकलाई आग्रह गरेका छन् । प्यालेस्टिनी नेता महमुद अब्बासले अधिनस्थ भूभागहरूबाट इजरायल हटेपछि मात्रै मध्यपूर्वमा शान्ति आउनसक्ने प्रतिक्रिया दिएका छन् ।