देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रिमियर लिगमा चेल्सी विजयी

देशान्तर

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । गयराति भएको खेलमा चेल्सीले ब्राइटनलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

जोर्ज फिलोले २३ औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमो एक गोल गरेको चेल्सीले दोस्रो हाफको शुरुमै गोल खान पुग्यो । ५४ औं मिनेटमा ब्राइटनका लियोनार्दो टोसार्दले गोल गर्दै बराबरी गरेका थिए ।

५६ औं मिनेटमा रेसी जेम्सले गोल गरेपछि चेल्सीले पुनः अग्रता लिन सफल भयो । ६६ औं मिनेटमा कुर्ज जुमाले गोल गरेपछि ३–१ को अग्रता सहित अघि बढ्यो ।

त्यसपछि थप गोल नभएपछि चेल्सी विजयीहुँदै स्पष्ट तीन अंक लिन सफल भयो । यस्तै अर्को खेलमा वुल्भसले सेफिल्ड युनाइटेडलाई २–० गोल अन्तरले पराजित गरेको छ ।