देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

देशान्तर

काठमाडौं । आज देशका विभिन्न अस्पतालमा उपचार गराइरहेका थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सुनसरी र रुपन्देहीमा २ – २ जना र चितवन र जनकपुरमा एकरएक जनाको मृत्यु भएको हो ।सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका २ जना पुरुषको मृत्यु भएको हो ।

मोरङको धनवाल गाउँपालिका का ४० वर्षका पुरुष र विराटनगर महानगरपालिका–१२ का ७० वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल बुटवल र भीम अस्पताल भैरहवामा उपचार गराइरहेका कपिलवस्तु शिवराज नगरपालिका ५ का दुई जनाको मृत्यु भएको अस्पतालले जनाएका छन् ।

भीम अस्पतालमा उपचाररत शिवराज ५ का ५८ वर्षीय पुरुष हुन् भने बुटवलमा उपचार गराइरहेकी शिवराज ५ कै ४७ वर्षीया महिला हुन् । त्यसैगरी चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–९ कि ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ । उता महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–३ बस्ने एक ६० वर्षीय पुरुषको कोभिड–१९ बाट मृत्यु भएको छ । भदौ २२ गते अस्पताल भर्ना भएका उनलाई २४ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।