देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इजरायलले दाेस्राे पटक लकडाउन गर्दै

देशान्तर

कोरोना भाइरस नियन्त्रणका लागि इजरायलले दोस्रो पटक लकडाउन गर्ने भएको छ । इजरायलले आउने शुक्रबारदेखि देशभर दोस्रो पटक लकडाउन गर्ने भएको बीबीसीले जनाएको छ ।

यस्तै यहुदीको नयाँ वर्षमा पनि कडा प्रतिबन्ध लागू हुने भएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यो पटक पनि नागरिकले ठूलो मूल्य चुकाउन आवश्यक भएको बताउनुभएको छ । इजरायलमा पछिल्लो समय दैनिक ४ हजार कोरोनाका नयाँ सङक्रमित थपिने गरेका छन् ।

लकडाउनको विरोधमा इजरायलका एक मन्त्रीले पदबाट राजिनामा समेत दिनुभएको छ । उहाँले सत्ताधारी पार्टीसँगको आफ्नो समर्थन पनि फिर्ता लिने बताउनुभएको छ । ९० लाख जनसंख्या रहेको इजराइलमा कोरोनाका कारण अहिलेसम्म एक हजार १ सय ८ जनाको ज्यान गइसकेको छ भने १ लाख ५३ हजार भन्दा धेरैमा सङक्रमण पुष्टि भइसकेको छ ।